काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनका लागि निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीमा पूर्वमिस नेपाल अनुष्का श्रेष्ठ समेटिएकी छन् ।
पार्टीले आयोगमा पेस गरेको विवरणअनुसार श्रेष्ठलाई ‘आदिवासी जनजाति महिला’ क्लस्टरअन्तर्गत प्राथमिकतामा राखिएको छ । सन् २०१९ मा मिस नेपालको ताज पहिरिएकी श्रेष्ठ सौन्दर्य प्रतियोगितापछि सामाजिक कार्य र व्यवसायमा सक्रिय थिइन् ।
बौद्धिक छविकी श्रेष्ठले परम्परागत नेपाली मिठाई (गुदपाक/पुष्टकारी) लाई आधुनिकीकरण गर्दै ‘माकुसी’ ब्रान्डमार्फत उद्यमशीलताको क्षेत्रमा समेत आफ्नो परिचय स्थापित गरिसकेकी छन् । व्यवसाय र ग्ल्यामरको क्षेत्रमा जमेकी श्रेष्ठलाई रास्वपाले संसदीय राजनीतिको मैदानमा उतार्ने निर्णय गरेको हो ।