एनआरएनए पूर्वअध्यक्ष विनोद कुँवरले गरे स्वागत
लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेमराज शर्मा दक्षिण कोरिया पुगेका छन्।
एनआरएनए जापानद्वारा आयोजित कार्यक्रममा सहभागिता जनाएपछि डा. शर्मा सोमबार कोरिया पुगेका हुन्। उनको स्वागतका लागि एनआरएनएका पूर्वअध्यक्ष विनोद कुवर, संघका सल्लाहकार डा. देवी बस्नेत तथा एशिया क्षेत्रीय उपसंयोजक डा. बिनल सुवेदी उपस्थित थिए।
यसैबीच, गैरआवासीय नेपाली संघ कोरियाले मंगलबार डा. शर्माको सम्मानमा स्वागत तथा अन्तर्क्रिया कार्यक्रम आयोजना गर्ने जनाएको छ।
गैरआवासीय नेपाली संघको आगामी फेब्रुअरी अन्तिम साता हुने १२औँ महाधिवेशनका लागि अध्यक्ष पदका आकांक्षी डा. शर्माले हालै एशिया क्षेत्रका विभिन्न देशहरूको भ्रमण तालिका सार्वजनिक गरेका थिए। डा. शर्मा बुधबार दक्षिण कोरियाबाट हङकङ जाने तयारीमा रहेको जानकारी उनको सचिवालयले दिएको छ।