१७ माघ २०८२, शनिबार
Follow Us

४ पटक सांसद बृजेशकुमार गुप्ताले छाडे एमाले

नेपालब्रिटेन संवाददाता
२२ पुष २०८२, मंगलवार ०६:३६

काठमाडौं । एमालेका पूर्वकेन्द्रीय सदस्य एवं कपिलवस्तुबाट चारपटक संघीय सांसद जितेका नेता बृजेश कुमार गुप्ताले एमाले छाडेका छन ।

गृप्ताले गत भदौ २३ र २४ को जेनजी आन्दोलनमा पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले युवा विद्यार्थीको सुशासन लगायतका जायज मागलाई नजर अन्दाज गरेर आन्दोलनमा दमन गरेको, दुई ठूला दल मिलेर जे गरेपनि हुन्छ भन्ने दम्भ देखाएको र एमाले नेतृत्व सुध्रिने लक्षण नदेखेपछि पार्टी परित्याग गरेको घोषणा गरेका छन ।

पूर्वसंघीय मन्त्री समेत रहेका गुप्ताले एमालेको नेतृत्वको मुख्य ध्यान नै भ्रष्टाचारलाई संरक्षण गर्ने देखिएको आरोपसमेत लगाएका छन् ।

धेरै पढिएको