२३ पुष २०८२, बुधबार
Follow Us

कोरियामा एनआरएनए एकता प्रभाव : ‘६ वर्षपछि पूर्वअध्यक्षहरु एउटै मञ्चमा’

नेपालब्रिटेन संवाददाता
२२ पुष २०८२, मंगलवार १६:३४

सोल – दक्षिण कोरियामा गैरआवासीय नेपाली संघ (एनआरएनए) को हालै भएको एकताको सकारात्मक शुरुवात भएको छ।

गैरआवासीय नेपाली संघ जापानद्धारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्न सोमबार कोरिया पुगेका संघका उपाध्यक्ष डा. हेमराज शर्मा को अन्तरक्रिया कार्यक्रममा एनआरएनए कोरियाका ५ जना पूर्वअध्यक्षहरु ६ वर्षपछि एउटै मञ्चमा उपस्थित भएका थिए र एकताको सन्देश दिएका छन्।

डा. शर्माले गैरआवासीय नेपाली संघ कोरियाले मंगलवार आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाभित्र भएको विभाजनको जिम्मा लिँदै क्षमायाचना गरे।

कार्यक्रममा एनआरएनए कोरियाका पूर्वअध्यक्ष केपी सिटौला, राजु थापा, लक्ष्मी गुरुङ्ग, दीपक पुन, यज्ञराज सुवेदी र बुद्धि गुरुङ्ग उपस्थित भएर गैरआवासीय नेपाली अभियानमा पूर्ण एकतामा जोड दिए।

डा. शर्माले भने, “म यहाँ चुनावको प्रचारभन्दा पनि एकताको सन्देश लिएर आएको हो। यसअघि विभिन्न कारणले संस्थामा भएको फुटप्रति क्षमायाचना गर्दछु।”

उनले आगामी दिनमा गैरआवासीय नेपाली संघभित्र एकता कायम गर्दै संस्था जुटाउने तर्फ प्रतिबद्धता व्यक्त गरे। साथै, गैरआवासीय नेपाली संघका अध्यक्षद्धय डा. बद्री केसी र महेश कुमार श्रेष्ठ को पहलमा भएको एकताको प्रस्तावलाई कार्यान्वयन गर्न आफुले विश्वव्यापी दौडाहामा लागेको बताए।

डा. शर्माले गैरआवासीय नेपाली संघको विवादका सम्बन्धमा सर्वोच्च अदालतले दिएको फरक-फरक फैसलाका कारण उत्पन्न समस्या समाधान गर्न सबै पक्षलाई समेटेर ६ महिनाभित्र निर्वाचन गर्ने सहमति भएको प्रष्ट पारे।

उनले गैरआवासीय नेपाली संघको १२ औं महाधिवेशनको निर्वाचन संघको संशोधित विधान २०२२ बमोजिम हुने तयारी भइरहेको जानकारी दिए।

डा. शर्माले गैरआवासीय नेपाली संघको राष्ट्रिय समन्वय समितिमा भएको विवाद मिलाउन विभिन्न मोडालिटीमा छलफल गरी एकता कायम गर्न आग्रह गरे।

अन्तरक्रिया कार्यक्रममा एनआरएनए कोरियाका अध्यक्षद्धय पार्वती मोक्तान, विपिन गुरुङ्ग, , लक्ष्मण सुवेदी, डा. देवी बस्नेत, डा. बिमल सुवेदी, राम सुवेदी, लोक–राज जोशी, याम प्रसाद खनाल, गिरिराज कुँवर, शिवराज बमजम, रञ्जन भण्डारी, डा. यम प्रसाद खत्री, लोकेश पौडेल, प्रमोद घिमिरे, ईश्वरी अधिकारी, रोशन भट्टराई, लोचन राई, मिना गुरुङ्ग, हर्कमान गुरुङ्ग, टिकाराम कंडेल, अमित थपलिया, सविना कुवँर, विजय लुइँटेल, डा. संगिता कार्की, डा. केशव थापा, डा. टिकाराम अर्याल, अनिल सुवेदी, सागर बुढा, केशव थापा, जुनु गुरुङ्ग, ललित अधिकारी र राजन अधिकारी सहित वक्ताहरुले आआफ्ना भनाइहरु राखेका थिए।

कार्यक्रमको संचालन प्रकाश धमला ले गरेका थिए। कार्यक्रममा सबै आईसीसी सदस्यहरु, अनडु, जनजाति महासंघ, केन्द्रीय पदाधिकारीहरु, राजनीतिक दल लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो।

धेरै पढिएको