काठमाडौँ । माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि ४४ जनाले उम्मेदवारी दिएका छन् । १८ पदमा हुने निर्वाचनका लागि बुधबार प्रदेश निर्वाचन कार्यालयमा उम्मेदवारी दिएका हुन् ।
कोसी प्रदेशतर्फको अन्य क्लष्टरमा नेपाली काँग्रेसका सुनिल थापा भने निर्विरोध निर्वाचित भएका छन् । नेपाली कम्युनिस्ट पार्टीले उम्मेदवार बनाएका हेमराज घिमिरे अनुपस्थित भएपछि उनी निर्विरोध भएका हुन् ।
राष्ट्रिय सभामा नेपाली काँग्रेस, नेकपा (एमाले) र मधेस केन्द्रित दल लोकतान्त्रिक समाजवादी पार्टीबीच गठबन्धन बनेको छ । भागबण्डा नमिल्दा तालमेलको निर्णयबाट पछि हटेर नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले छुट्टै उम्मेदवारी दर्ता गराएको छ ।
जनता समाजवादी पार्टी (जसपा) नेपालसँग लोसपाको एकताको समझदारी भइसकेको छ । सुरुआतमा जसपा नेपाल नै गठबन्धनमा रहने भनिए पनि मधेस प्रदेशमा जसपा नेपालले आफ्ना छुट्टै तीन उम्मेदवार उठाएको छ । महन्थ ठाकुरलाई भने सहयोग गर्ने निर्णय जसपा नेपालको छ ।
प्रेस विज्ञप्ति_९.२३