२५ पुष २०८२, शुक्रबार
Follow Us

डा. हेमराज शर्मा ‘एनआरएनए एकता’ को सन्देश लिएर हङकङ पुगे ! (फोटो फिचर)

नेपालब्रिटेन संवाददाता
२४ पुष २०८२, बिहीबार ०८:४८

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्र हालै भएको एकताको सन्देश लिएर विश्वव्यापी भ्रमणमा निस्किएका संघका उपाध्यक्ष डा. हेमराज शर्मा हङकङ पुगेका छन्।

बिहीबार हङकङ आगमनका क्रममा उनलाई स्वागत गर्न एनआरएनए हङकङका पदाधिकारी तथा अभियन्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो। विमानस्थलमा उनलाई संघका एनआरएनए हङकङका पूर्वसंरक्षक संरक्षक तथा आईसिसी कोषाध्यक्ष प्रकाश पुन, एनआरएनए हङकङका उपाध्यक्षद्वय सन्तोष गुरुङ र कविता गुरुङ, महासचिव इन्द्र पुन, सचिव विश्वनाथ घिसिङ, प्रवक्ता मनोज सूर्यवंशी, कोषाध्यक्ष अर्जुन गौचन, सह–कोषाध्यक्ष डु गुरुङ, युवा संयोजक मनोज गौतम तथा राजकुमार सापकोटाले स्वागत गरेका थिए।

डा. शर्माले आजै गैरआवासीय नेपाली संघ हङकङले आयोजना गर्ने कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको छ।

यसअघि जापान र दक्षिण कोरियाको भ्रमण सम्पन्न गरेका डा. शर्माले दुवै देशको भ्रमण फलदायी रहेको बताएका छन्।

गैरआवासीय नेपाली संघको आगामी १२औँ महाधिवेशनलाई बृहत्तर एकताको महाधिवेशनका रूपमा सफल बनाउन राष्ट्रिय समितिहरूलाई एकजुट बनाउने उद्देश्यसहित डा. शर्माले एसियाली क्षेत्रको भ्रमण सुरु गरेका हुन्। एनआरएनएको १२औँ महाधिवेशन फेब्रुअरी २३, २४ र २५ मा काठमाडौंमा हुँदैछ।


धेरै पढिएको