काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै छ । बैठक बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।
बैठकमा पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातवटै प्रदेशका सभापतिलाई बोलाइएको छ ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन बोलाएपछि कांग्रेस नेतृत्वले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको हो ।
बैठकले महामन्त्रीद्वय थापा र शर्माले विशेष महाधिवेशन बोलाएको अवस्थामा के गर्ने भन्ने निर्णय गर्नेछ ।
महामन्त्रीद्वय थापा र शर्माले पुस २७ र २८ गतेका लागि विशेष महाधिवेशन बोलाएका छन् ।