१८ माघ २०८२, आईतवार
Follow Us

विशेष महाधिवेशनबारे निर्णय गर्न कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

नेपालब्रिटेन संवाददाता
२६ पुष २०८२, शनिबार ०३:२४

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै छ । बैठक बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।

बैठकमा पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातवटै प्रदेशका सभापतिलाई बोलाइएको छ ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन बोलाएपछि कांग्रेस नेतृत्वले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको हो ।

बैठकले महामन्त्रीद्वय थापा र शर्माले विशेष महाधिवेशन बोलाएको अवस्थामा के गर्ने भन्ने निर्णय गर्नेछ ।

महामन्त्रीद्वय थापा र शर्माले पुस २७ र २८ गतेका लागि विशेष महाधिवेशन बोलाएका छन् ।

धेरै पढिएको