२ माघ २०८२, शुक्रबार
Follow Us

सुनचाँदीको मूल्य बढ्यो

नेपालब्रिटेन संवाददाता
२ माघ २०८२, शुक्रबार ०६:३३

काठमाडौँ । नेपाली बजारमा शुक्रवार सुनको मूल्य बढेको छ । सुन तोलामा ७ सय रुपैयाँले बढेर आज प्रतितोला दुई लाख ७७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार सुन प्रतितोला दुई लाख ७६ हजार ५०० रुपैयाँ किनबेच भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ । तोलामा १६० रुपैयाँले बढेको प्रतितोला पाँच हजार ६ सय ४५ रुपैयाँमा खरिद–बिक्री भइरहेको छ । बिहीबार चाँदी प्रतितोला पाँच हजार ४ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।

धेरै पढिएको