१२ माघ २०८२, सोमबार
Follow Us

काँग्रेस सभापति थापा आज सर्लाहीमा

नेपालब्रिटेन संवाददाता
१२ माघ २०८२, सोमबार ०६:१२

काठमाडौँ। नेपाली काँग्रेसका सभापति गगनकुमार थापा आज आफ्नो निर्वाचन क्षेत्र सर्लाही-४ जाने भएका छन् । सभापति थापाको सचिवालयका अनुसार उनी अहिले बिहान १०:३० बजेको उडानबाट सिमारा हुँदै सर्लाही जान लागेका हुन्।

वारिस मार्फत उम्मेदवारी दर्ता गराएका थापा उम्मेदवारी दर्तापछि पहिलो पटक आफ्नो निर्वाचन क्षेत्र जान लागेका हुन् । यसअघि काठमाडौँ-४ बाट उम्मेदवार बन्दै आएका थापा पहिलो पटक मधेश झरेका हुन् । सर्लाही-४ मा रास्वपाका उम्मेदवार अमरेशकुमार सिंह र थापाबीच मुख्य चुनावी प्रतिस्पर्धा हुँदैछ ।

धेरै पढिएको