१८ माघ २०८२, आईतवार
Follow Us

पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन

नेपालब्रिटेन संवाददाता
१८ माघ २०८२, आईतवार १२:२१

काठमाडौँ । पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ। स्वास्थ्य समस्याका कारण अस्पताल भर्ना गरिएका उनलाई चिकित्सकले शुक्रबार दिउँसो १२:४५ बजे मृत घोषणा गरेका हुन्।

चिकित्सकका अनुसार सिटौला एन्युरिज्म रप्चर, मस्तिष्कमा हुने रक्तस्रावसम्बन्धी गम्भीर अवस्थाबाट पीडित थिए। अछाम भ्रमणका क्रममा अचानक अचेत भई ढलेपछि उनलाई उपचारका लागि काठमाडौँ ल्याइएको थियो। ग्राण्डी अस्पतालमा भेन्टिलेटरको सहायतामा उपचार भइरहेको अवस्थामा उनको निधन भएको हो।

पछिल्लो समय उनी राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहको निर्वाचन अभियानसँग आबद्ध टोलीमा रही अछाम पुगेका थिए।

धेरै पढिएको