लण्डन । नेपाल सरकार र गैरआवासीय नेपाली संघ (एनआरएनए) को संयुक्त आयोजनामा आगामी मार्च १४ देखि १६ तारिखसम्म हुने गैरआवासीय नेपाली संघको १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनको तयारीबारे जानकारी दिन परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन गर्ने भएको छ।
परराष्ट्र मन्त्रालयद्वारा आयोजना गरिएको संयुक्त पत्रकार सम्मेलनमा सम्मेलनको तयारी, कार्यक्रमको उद्देश्य, एजेन्डा तथा अपेक्षित उपलब्धिहरूबारे विस्तृत जानकारी प्रदान गरिने मन्त्रालयले जनाएको छ। सम्मेलन नेपाल सरकार र एनआरएनएको सहकार्यमा सम्पन्न हुन गइरहेको हो।
पत्रकार सम्मेलनको विवरण यसप्रकार रहेको छः
मिति: २०८२ माघ १९ गते (तदनुसार २ फेब्रुअरी २०२६, सोमबार)
समय: दिउँसो २ बजे
स्थान: परराष्ट्र मन्त्रालय (MOFA), सिंहदरबार, काठमाडौं
परराष्ट्र मन्त्रालयले उक्त अवसरमा सञ्चारकर्मीहरूको गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गरेको छ।