२८ माघ २०८२, बुधबार
Follow Us

‘प्रचण्ड’को दाबी : ‘फेरि काँग्रेस-एमालेसँग मिल्ने गल्ती दोहोर्‍याउँदिनँ’

नेपालब्रिटेन संवाददाता
२८ माघ २०८२, बुधबार १३:३६

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसपटक काँग्रेस र एमालेसँग समीकरण नगर्दा सिंगो पार्टीपंक्ति उत्साहित भएको बताएका छन्।

म्याग्दी पुगेका ‘प्रचण्ड’ले पार्टीको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै काँग्रेस एमालेसँग मिल्ने गल्ती नगर्दा ७७ जिल्लामा नै पार्टीका नेताहरू खुसी देखेको बताएका हुन्।

उनले कुनै दलसँग पनि गठबन्धन नगर्ने भन्दै ढुक्कसँग निर्वाचन अभियानमा अगाडि बढ्न आग्रह गरेका छन्।

कहिलेकाहीँ आफूले शेरबहादुर देउवा र केपी ओलीसँग भेट्यो भन्दैमा तरंगित नहुन आग्रह गरेका छन्। राष्ट्रलाई एकताबद्ध गर्ने र राष्ट्रलाई अर्को दुर्घटनामा पर्नबाट जोगाउने मुख्य जिम्मेवारी नेकपाकै भएको बताए। उनले चुनावसम्म सबैले मेहनत गरे १ नम्बर पार्टी बनेर हिजोका कमी सच्याउँदै फेरि निकास दिने काम गर्ने बताएका छन्।

धेरै पढिएको