काठमाडौँ । पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पालिका चलाउन नसक्नेले देश चलाउँछु भन्दै हिँडेको बताएका छन । आज (आइतबार) झापामा आयोजित एक कार्यक्रममा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहलाई लक्ष्य गर्दै यस्तो बताउका हुन ।
अध्यक्ष ओलीले पालिका चलाउन नसक्नेले देश चलाउँछु भनेर चुनावमा आएको समेत बताए । ओलीले भने, ‘एउटा पालिका चलाउन नसकेर फेल खाएकालाई देश चलाउने जिम्मा दिने रे ! प्रधानमन्त्री बनाउने रे !
यो देश मजाक गर्ने ठाउँ होरु यो देश प्रयोगशाला हो कसैको ? यस्तै उनले देशमा फेरि शान्तिपूर्ण वातावरण फर्काउन, देशको रक्षा गर्नुपर्ने बेला भइसकेको पनि बताएका छन ।
उनले एमाले विजयको तयारीमा लागिरहँदा निर्वाचन रोक्ने प्रयास भइरहेको पनि बताए । ओलीले भने, ‘अहिले पनि निर्वाचन रोक्ने प्रयास भइरहेका छन्, तर हामी अलमल नगरी विजयको तयारीमा लाग्छौं ।’ उनले विपक्षी दलहरूले एमालेको झण्डा जलाउने र अवाञ्छित क्रियाकलाप गरेर निर्वाचनको वातावरण बिगार्न खोजेको आरोप समेत लगाए ।