१२ चैत्र २०८२, बिहीबार
Follow Us

पं कुबेर सुवेदीले अष्ट्रेलियामा शिव कथा वाचन गर्ने

नेपालब्रिटेन संवाददाता
१२ फाल्गुन २०८२, मंगलवार ००:५१

मेलबर्न। नेपालका एक प्रख्यात कथावाचक र १८ पुराणका ज्ञाता पं कुबेर सुवेदीले अष्ट्रेलियाको उत्तर भिक्टोरियामा त्रि दिवसीय शिव कथा वाचन गर्न लागेका छन्।

उक्त अवसरमा भक्ति, ज्ञान र वैराग्यको संगमको रुपमा आयोजना गर्न लगिएको उक्त श्री शिव कथा महोत्सवमा कलश यात्रा समेत आयोजना गरिने छ।

सन् २०२२ मा स्थापित श्री पशुपति नाथ मन्दिर संचालक समितिद्वारा आयोजना गर्न लागिएको शिव कथा महोत्सवले सम्पूर्ण सनातन हिन्दु धर्मावलम्वीलाई एकै थलोमा लिएर आउने उद्देश्य राखेको मन्दिर का एक जना ट्रष्टी डा राजु अधिकारीले बताए। उनले नेपाल बाहिर हुर्कंदै गरेको दोश्रो पुस्ता लाई आफ्नो मौलिक धर्म संस्कृति बारे चिनाउने र नेपाली पहिचान र संस्कार तथा संस्कृति जोगाउने यो अभियानमा सहभागी हुन उनले सबै लाई आग्रह पनि गरे।
पं सुवेदीले गत वर्ष लन्डनमा श्रीमद्भागवत महापुराणको कथा वाचन गरेका थिए।

धेरै पढिएको