१९ फाल्गुन २०८२, मंगलवार
Follow Us

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

नेपालब्रिटेन संवाददाता
१९ फाल्गुन २०८२, मंगलवार ०६:०६

काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा दुई हजार ५ सय रुपैयाँले बढेर तीन लाख २८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार सुनको मूल्य प्रतितोला तीन लाख २६ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलामा २०५ रुपैयाँले घटेर ५ हजार आठ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन ६ हजार २० रुपैयाँमा कारोबार भएको थियो ।

धेरै पढिएको