१ आश्विन २०८२, बुधबार
Follow Us

प्रेरणादायी व्यक्तित्व सूचीको पहिलो नम्बरमा पुष्पा बस्नेत

नेपालब्रिटेन संवाददाता
८ पुष २०७६, मंगलवार ०४:३८

काठमाडौं । गोलकास्ट डटकमले सार्वजनिक गरेको प्रेरणादायी व्यक्तित्वको सूचीमा पुष्पा बस्नेत पहिलो नम्बरमा परेकी छन् । उनी दशककै सबैभन्दा प्ररणादायी व्यक्तित्व घोषित भएकी छन् । २०१० देखि २०१९ सम्मको अवधिभित्रका प्रेरणदायी व्यक्तित्वहरुको सूचीको पहिलो नंबरमा नेपालकी पुष्षा बस्नेत परेकी हुन् । एक नम्बरको सूचीमा परेकी पुष्पा बस्नेतलाई गोलकास्ट डटकमले आश्चर्यजनक मानवको संज्ञासमेत दिएको छ ।

उनले जेलमा रहेका आमा(बुबाको सन्तानहरुलाई रेखदेखका साथै शिक्षा दिक्षा दिँदै आएकी छिन् । उनले नेपालमा आएको २०७२ बैशाख १२ को भुकम्पले भत्काएको विद्यालयको पनि पुनस् निर्माण गरेकी थिइन् ।

यो नतिजाले आमाबुबा जेलमा रहेका बालबालिकाको भविष्य राम्रो बनाउन अझ उत्प्रेरणा जागेको बस्नेतले प्रतिकृया दिएको गोलकास्ट डटकमले उल्लेख गरेको छ । बस्नेतले सन २०१२ मा सिएनएन हिरो र सन २०१६ मा सिएनएन सुपर हिरोको अवार्ड जितेकी थिइन् ।

धेरै पढिएको