२८ फाल्गुन २०८२, बिहीबार
Follow Us

एनआरएनए अमेरिका क्षेत्रीय संयोजकमा भुवन खरेल निर्विरोध निर्वाचित

नेपालब्रिटेन संवाददाता
२८ फाल्गुन २०८२, बिहीबार ११:५१

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए) को अमेरिका क्षेत्रीय संयोजकमा भुवन खरेल सर्वसम्मत रूपमा निर्वाचित भएका छन्। आइतवार सम्पन्न निर्वाचनमा सो क्षेत्रमा खरेलको मात्र उम्मेदवारी परेकोले उनी निर्विरोध भएका हुन्।

खरेल यसअघि एनआरएनएको आईसीसी सदस्य लगायत विभिन्न कार्यदलमा सक्रिय भएर अनुभव संकलन गर्दै आएका छन्। निर्वाचित भएपछि उनले अमेरिका क्षेत्रमा रहेका नेपालीहरूको हक र हितको लागि काम गर्ने प्रतिबद्धता जनाएका छन्।

व्यावसायिक क्षेत्रमा पनि खरेलको अनुभव विशेष छ। उनी कफीखेती, हाइड्रोपावर, होटल व्यवसाय र शेयर बजारमा लगानी गर्दै आएका छन्। विगत १५ वर्षदेखि उनी क्यानाडामा व्यवसाय गर्दै आएका छन्।

गैरआवासीय नेपाली संघको १२ औँ महाधिवेशन आइतवारदेखि काठमाडौंमा सुरु हुँदैछ ।

धेरै पढिएको