२१ चैत्र २०८२, शनिबार
Follow Us

कुवेतमा रोकिएका नेपालीका लागि भैरहवामा विशेष चार्टर उडान

नेपालब्रिटेन संवाददाता
१७ चैत्र २०८२, मंगलवार ०८:०२

कााठमाडौं — कुवेत एयरवेजले कुवेतमा रोकिएका नेपाली यात्रुलाई स्वदेश फर्काउन बुधबार भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा विशेष चार्टर उडान गर्ने भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले सोमबार उक्त उडानका लागि अनुमति दिएको हो । प्राधिकरणका अनुसार, यो उडानका लागि कुवेत एयरवेजले बोइङ ७७७–३०० विमान प्रयोग गर्नेछ । ३ सय ३४ यात्रु क्षमताको विमान भैरहवामा पहिलोपटक अवतरण गर्न लागेको हो ।

कुवेतस्थित नेपाली दूतावासको समन्वयमा त्यहाँ रहेका नेपालीहरूको मागअनुसार यो चार्टर उडान सञ्चालन गर्न लागिएको हो । विमान बुधबार दिउँसो ४:४५ बजे भैरहवामा अवतरण गर्ने तालिका रहेको छ । फर्किँदा भने विमान यात्रुबिनै खाली फर्किनेछ ।

अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि नेपाल–कुवेत उडान प्रभावित हुँदै आएको छ । उक्त घटनापछि मंगलबारसम्म नेपाल र कुवेतबीच नियमित उडान रोकिएको ३२औं दिन पुगेको छ ।

धेरै पढिएको