१७ चैत्र २०८२, मंगलवार
Follow Us

नागढुंगा–मुग्लिन सडक : आजदेखि ३ दिन रातको समयमा बन्द

नेपालब्रिटेन संवाददाता
१७ चैत्र २०८२, मंगलवार ०३:३५

काठमाडौँ । नागढुंगा–मुग्लिन सडक आजदेखि तीन दिन रातिको समयमा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै आजदेखि १९ चैतसम्म राति ६ घण्टा बन्द गरिएको जानकारी गराएको हो ।

चितवन इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरलगायत स्थानमा सडक स्तरोन्नति गर्न राति १० बजेदेखि बिहान ४ बजेसम्म यातायातका साधन बन्द गरिएको जानकारी दिएको छ । पटक–पटक सवारी आवागमन बन्द गर्दा यात्रामा कठिनाइ भोग्नुपरेको भन्दै आयोजनाले अत्यावश्यक बाहेक सबै सवारीसाधन रोक्ने निर्णय गरेको हो ।

धेरै पढिएको