३० चैत्र २०८२, सोमबार
Follow Us

दुई वा तीन हप्तामा अमेरिकाले इरान छोड्ने ट्रम्पको घोषणा

नेपालब्रिटेन संवाददाता
१८ चैत्र २०८२, बुधबार ०५:०५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार अमेरिकी सेना दुई वा तीन हप्ताभित्र इरानबाट बाहिरिने बताएका छन् । अमेरिकन अटोमोबाइल एशोसिएशनकाअनुसार मंगलवार अमेरिकामा ग्यासोलिनको औसत राष्ट्रिय मूल्य तीन वर्षभन्दा बढी समयमा पहिलो पटकप्रति ग्यालन ४ अमेरिकी डलर नाघेको छ ।

ट्रम्पका अनुसार अमेरिकी सेना आगामी दुईदेखि तीन हप्ताभित्र ईरान छोड्ने तयारीमा छ । ट्रम्पले यो जानकारी ओभल अफिसबाट दिएका हुन् ।
उनले ईरानमा लक्ष्य पूरा भइसकेको दाबी गर्दै अब द्वन्द्व लम्ब्याउनु आवश्यक नरहेको बताएको बीबीसीले जनाएको छ । यद्यपि उनले युद्ध अन्त्यअघि कुनै समझदारी वा डिल हुन सक्ने सम्भावनालाई भने नकारेका छैनन् ।

इरानका रक्षा मन्त्री मसुद पेजेस्कियानले पनि युद्ध अन्त्यका लागि तेहरान तयार रहेको बताएका छन् । उनले यदि फेरि द्वन्द्व नचर्किने ज्ञारेन्टी भए इरान युद्ध अन्त्यका लागि तयार रहेको बताएका छन् ।

धेरै पढिएको