१८ चैत्र २०८२, बुधबार
Follow Us

पूर्वी भारतमा भागदौड हुँदा ८ महिलाको मृत्यु, १० घाइते

नेपालब्रिटेन संवाददाता
१८ चैत्र २०८२, बुधबार ०५:०८

भारतको पूर्वी राज्य बिहारको एक मन्दिरमा मंगलबार भागदौड मच्चिँदा आठ महिलाको मृत्यु भएको छ । करिव १० जना घाइते भएका छन् ।

एक स्थानीय प्रहरी अधिकारीले टेलिफोनमार्फत यस घटनाको पुष्टि गरेका छन् । उनकाअनुसार बिहारको नालन्दा जिल्लास्थित दीपनगर क्षेत्रमा रहेको शीतला मन्दिरमा स्थानीय समयअनुसार बिहान १० बजेतिर उक्त भागदौड भएको हो ।

विभिन्न सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियो फुटेजहरूमा घाइते महिलाहरूलाई उपचारका लागि स्थानीय अस्पतालतर्फ लैजाँदै गरेको देख्न सकिन्छ । केही घाइतेहरूको अवस्था गम्भीर रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने आशंका गरिएको छ । उक्त घटनाको सम्बन्धमा अनुसन्धान गर्न छानबिनको आदेश दिइएको छ ।

धेरै पढिएको