१३ असार २०८३, शनिबार
Follow Us

इन्डोनेसियामा ७.४ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी

नेपालब्रिटेन संवाददाता
१९ चैत्र २०८२, बिहीबार ०२:५१

इन्डोनेसियामा बिहीबार बिहान ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ भने सुनामीको चेतावनी पनि दिइएको छ।

अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार सुरुमा ७.८ म्याग्निच्युडको भूकम्प स्थानीय समय अनुसार बिहान ६:४८ बजे मुलुक्का समुद्रमा गएको थियो।

भूकम्पको केन्द्रबिन्दु टर्नेट शहरबाट लगभग १२० किलोमिटर टाढा थियो, जुन २ लाखभन्दा बढी जनसंख्या भएको सानो तर घना बस्ती भएको टापु हो।

हवाईस्थित सुनामी चेतावनी प्रणालीले भूकम्पको केन्द्रबिन्दुबाट १ हजार किलोमिटरको दायराभित्र इन्डोनेसिया, फिलिपिन्स र मलेसियाको तटीय क्षेत्रहरूमा छालहरू पुग्ने सम्भावना रहेको बताएको छ।

धेरै पढिएको