३ जेष्ठ २०८३, आईतवार
Follow Us

नेपाली दूतावास लण्डनको ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम

नेपालब्रिटेन संवाददाता
१९ चैत्र २०८२, बिहीबार ०३:००

लन्डन । नेपाली राजदूतावास लन्डनले ‘वान चाइल्ड, वान प्लान्टः अ डे एट द नेपाल एम्बेसी’ कार्यक्रम आयोजना गर्ने भएको छ ।

बेलायतका विभिन्न विद्यालयमा अध्ययनरत ५ देखि १५ वर्ष उमेर समूहका नेपालीमूलका बालबालिकालाई लक्षित गरी कार्यक्रम सञ्चालन गरिने भएको हो । बेलायतमा रहेका गैरआवासीय नेपालीका सन्ततिहरूलाई नेपालसँग आवद्ध गराउने उद्देश्यसहित कार्यक्रम गर्न लागिएको दूतावासले जनाएको छ । कार्यक्रमअन्तर्गत बालबालिकाहरूले दूतावास परिसरमा फूल तथा बिरुवा रोप्नेछन्।

कार्यक्रम आउँदो २५ अप्रिल २०२६ शनिबार बिहान १० देखि दिउँसो १.३० बजेसम्म दूतावास परिसर, १२ ए केन्जिंगटन प्यालेस गार्डेन्समा सञ्चालन हुनेछ । यस कार्यक्रममार्फत बालबालिकाहरूलाई राजदूतावास भ्रमण गराउनुका साथै नेपालप्रतिको लगाव अभिवृद्धि गर्ने, नेपाली संस्कृति र मूल्य मान्यताप्रति सचेत गराउने तथा वातावरणीय चेतना विकास गराउने उद्देश्य राखिएको दूतावासले जनाएको छ।

सीमित संख्यामा मात्र सहभागिता रहने भएकाले इच्छुक अभिभावकहरूलाई आफ्ना बालबालिकाको नाम अग्रीम रूपमा दर्ता गराउन अनुरोध गरिएको छ । नाम दर्ता गर्ने अन्तिम मिति १७ अप्रिल शुक्रबार तोकिएको छ ।

धेरै पढिएको