१९ चैत्र २०८२, बिहीबार
Follow Us

संसदमा रवि लामिछानेको दाबी : ‘संख्याकै बलले प्रतिशोध हुँदैन, सुशासनको वेग रोकिँदैन’

नेपालब्रिटेन संवाददाता
१९ चैत्र २०८२, बिहीबार १०:२०

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले प्रतिनिधि सभाको पहिलो बैठकमा अब संख्याकै बलमा प्रतिशोध वा अत्याचार नहुने बताएका छन्।

सम्बोधनमा उनले आस्थाको आधारमा कसैलाई फरक व्यवहार नहुने स्पष्ट पारेका छन्। उनले भने, ‘हिजो आफ्नालाई बचाउन र विपक्षीलाई फसाउन कानुन नै संशोधन गरिएको छ। र अध्यादेश पनि ल्याइएको छ। त्यस्ता गलत क्रियाकलाप यथाशीघ्र सच्याइनेछ। प्रतिपक्षीमाथि अहंकार र प्रतिशोधको त्यो अध्याय अब दोहोरिने छैन। आस्थाका आधारमा फरक व्यवहार अब दोहोरिने छैन।’

लामिछानेले अन्यायपूर्वक विधि मिचेर कसैको माइक काटिने पनि नहुने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले भने, ‘अब अन्यायपूर्वक विधि नै मिचेर सुन्न मन लागेका कुरा नसुनौँ भनेर कसैको माइक काटिने छैन। संसदीय समितिमा संख्याकै बलमा प्रतिशोध र अत्याचार हुने छैन।’

साथै, उनले सुशासनको कार्ययोजनालाई निरन्तरता दिइने बताए। लामिछानेले भने, ‘तर सुशासनको वेग भने रोकिने छैन। न्याय माग्ने पहिलो हक शहीदकी आमाको हो। यसलाई प्रतिशोध भन्न पाइने छैन।’

धेरै पढिएको