ताजा खबर

बेलायत – नेपालबीचको सम्बन्धमा पत्रकारको भूमिका रचनात्मक : प्रधानमन्त्री देउवा

लण्डन् । प्रधानमन्त्री शेर बहादुर देउवाले बेलायत नेपालको एउटा महत्वपूर्ण विकास साझेदार भएको बताएका छन् । 

प्रधानमन्त्री देउवाले नेपाल पत्रकार महासंघ युकेको स्थापनाको दश वर्ष पुरा भएको अवसरमा एक सन्देश दिदैै दुई मुलुकसंग २०० वर्ष भन्दा बढी लामो ऐतिहासिक सम्बन्ध रहेको उल्लेख गरेका छन्। 

देउवाले ठूलो संख्यामा रहेका भूतपूर्व गोर्खा सैनिकका समस्या तथा मागहरु सम्बन्धित क्षेत्रसम्म पुराउन बेलायतस्थित नेपाली संचारकर्मीहरुले निर्वाह गर्दै आएको भूमिकाको प्रशंसा गरे ।  

देउवाले आइतवार हुने विषेश समारोहको सफलताको लागि शुभकामना व्यक्त गर्दै  आगामी दिनमा पनि बेलायतमा कार्यरत पत्रकारहरुले नेपाल–बेलायत सम्बन्ध मजबूत पार्न रचनात्मक भूमिका निर्वाह गर्ने कुरामा विश्वास लिएका छन् ।  

उनले सन् १९९० पछि नेपालीहरु संसार भरि पुगेका प्रवासी नेपाली समुदायले नेपाली भाषा, साहित्य र संस्कृतिको जगेर्ना गर्न सक्दो प्रयास गरिरहेको बताए ।

देउवाले प्रवासबाट संचालित नेपाली संचार माध्यमहरुले गैर आवासीय नेपालीहरुलाई नेपालसंग जोड्नुका साथै स्थानीय नेपाली समुदायका समस्याहरु पहिल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गरेका छन् ।  

About the author
नेपालब्रिटेन डट कम्

नेपालब्रिटेन डट कम्