२२ चैत्र २०८२, आईतवार
Follow Us

नेतृत्व परिवर्तनका लागि एमालेमा पनि चल्याे विशेष महाधिवेशन अभियान

नेपालब्रिटेन संवाददाता
२२ चैत्र २०८२, आईतवार ०५:३३

काठमाडौं । नेकपा एमालेमा विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान सुरु भएको छ ।

महाधिवेशन प्रतिनिधि र परिषद् सदस्यहरूले हस्ताक्षर अभियान सुरु गरेका हुन् । फागुन २१ को निर्वाचनमा एमाले हालसम्मकै कमजोर अवस्थामा पुगेकाले नयाँ नेतृत्वमा पार्टी अघि बढ्नुपर्ने भन्दै हस्ताक्षर अभियान सुरु भएको हो ।

विशेष महाधिवेशन मागका लागि तयार पारिएको निवेदन पत्रमा भनिएको छ, ‘नेकपा एमालेको समग्र कमिटी प्रणाली र नेतृत्वप्रति नै जनताले अविश्वास प्रकट गरेको अवस्था छ । राजधानीका १५ निर्वाचन क्षेत्रमध्ये ११ मा जमानत जफत हुनुले गम्भीर परिस्थिति उजागर गर्छ ।’

धेरै पढिएको