काठमाडौँ । संघीय संसदको दुवै सदनको चालू अधिवेशन आज रातिबाट अन्त्य हुँदैछ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आज रातिबाट लागू हुने गरी दुवै सदनको अधिवेशन अन्त्य गरेका छन् ।
यससँगै प्रतिनिधि सभा र राष्ट्रिय सभाको वर्तमान अधिवेशन औपचारिक रूपमा समापन हुने भएको छ। सरकारले संसद्को हिउँदे अधिवेशन अन्त्य गरी बजेट अधिवेशनको तयारीका लागि यो सिफारिस गरेको हो ।
नेपालको संवैधानिक व्यवस्था अनुसार सरकारको सिफारिसमा राष्ट्रपतिले संसद्को अधिवेशन आह्वान र अन्त्य गर्ने व्यवस्था रहेको छ।