२४ बैशाख २०८३, बिहीबार
Follow Us

विदेशी नागरिकता लिएका १७ चिकित्सकको नेपाली लाइसन्स खोसियो

नेपालब्रिटेन संवाददाता
१६ बैशाख २०८३, बुधबार १५:११

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले विदेशी नागरिकता लिएका १७ जना चिकित्सकको नाम आफ्नो दर्ता किताबबाट हटाएको छ। काउन्सिलले जारी गरेको अत्यन्त जरुरी सूचनाअनुसार उक्त निर्णय कार्यान्वयनमा आएको हो।

नेपाल मेडिकल काउन्सिल ऐन २०२०, नियमावली २०२४ तथा नेपाल नागरिकता ऐन २०६३ अनुसार नेपाली नागरिकता परित्याग गरी विदेशी नागरिकता लिएका चिकित्सकहरूको दर्ता खारेज गरिएको काउन्सिलले जनाएको छ।

काउन्सिलका अनुसार दर्ता खारेजीमा परेका चिकित्सकहरूमा
डा. शर्मिला गुरुङ, डा. रोशन मुगाल, डा. मोति गुरुङ, डा. देवेन्द्र राज रेग्मी, डा. मेरिना गुरुङ, डा. निरन्जन देव पाण्डे, डा. रोशन के. सी., डा. ममता गुरुङ, डा. राजिव हमाल, डा. सन्जु सिंह थकुरी, डा. सुजना के. सी., डा. जोस्ना शाही, डा. मनीषा हमाल, डा. सुप्रिया शाक्य, डा. इन्द्र न्यौपाने, डा. दिपेन ढकाल र डा. तुसार सरवज्ञ रहेका छन्।

उनीहरूमध्ये केहीले बेलायत, अमेरिका, अष्ट्रेलिया, क्यानाडा, पोर्चुगल, भारत तथा हङकङको नागरिकता लिएका छन्।

काउन्सिलले उक्त निर्णयसँगै ती चिकित्सकहरूको नेपाल मेडिकल काउन्सिलमा रहेको दर्ता मितिदेखि नै खारेज भएको स्पष्ट पारेको छ। साथै, विदेशी नागरिकता लिएका व्यक्तिहरूलाई नेपालमा चिकित्सा अभ्यास गर्न कानुनी अनुमति नहुने पनि काउन्सिलले जनाएको छ।

नेपाल मेडिकल काउन्सिलले यस निर्णयले स्वास्थ्य क्षेत्रको नियमनलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ।

धेरै पढिएको