२० बैशाख २०८३, आईतवार
Follow Us

नेपाल एयरलाइन्सका कारण बालेन सरकार भारतविरोधी भएको दाबी

नेपालब्रिटेन संवाददाता
१७ बैशाख २०८३, बिहीबार ०२:१४

काठमाडौँ। नेपालमा बालेन शाह नेतृत्वमा सरकार बनेपछि काठमाडौँतर्फबाट लगातार भारतविरुद्धका गतिविधिहरू भइरहेको आरोपबीच नेपाल एयरलाइन्स नयाँ विवादमा तानिएको छ। नेपाल एयरलाइन्सले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा आफ्नो फ्लाइट नेटवर्कसम्बन्धी नक्सा सार्वजनिक गर्दै जम्मू–कश्मीर क्षेत्रलाई पाकिस्तानको भागका रूपमा देखाएको पाइएको छ।

उक्त नक्सा सार्वजनिक भएपछि व्यापक विरोध सुरु भयो। सामाजिक सञ्जालमा प्रयोगकर्ताहरूले कडा आपत्ति जनाएपछि नेपाल एयरलाइन्सले उक्त पोस्ट अन्ततः हटाएको छ। तर, यस्तो गम्भीर त्रुटि कसरी भयो भन्नेबारे कम्पनीले अहिलेसम्म स्पष्ट जवाफ दिएको छैन।

यस विषयमा प्रतिक्रिया जनाउँदै भोजपुरी सुपरस्टार खेसारी लाल यादवले एक्समा लेखेका छन्, “कसैले बताउन सक्छ कि नेपाल एयरलाइन्सले के सोचेर भारतको नक्सामा यस्तो छेडछाड गर्‍यो, त्यो पनि जम्मू–कश्मीरलाई लिएर? यो सामान्य कुरा होइन, जानाजानी गरिएको जस्तो देखिन्छ। यसलाई उक्साउने काम भनिन्छ।”

त्यस्तै, अन्य प्रयोगकर्ताहरूले पनि उक्त घटनालाई गम्भीर रूपमा लिँदै तुरुन्त माफी माग्न र स्पष्टिकरण दिन माग गरेका छन्। केहीले यसलाई राजनीतिक सन्देशका रूपमा समेत व्याख्या गरेका छन् भने केही नेपाली प्रयोगकर्ताहरूले भने यो डिजाइनसम्बन्धी त्रुटि हुन सक्ने बताएका छन्।

विवाद चर्किँदै जाँदा नेपाल एयरलाइन्सले पोस्ट हटाए पनि आलोचना भने अझै जारी रहेको छ।

धेरै पढिएको