२४ बैशाख २०८३, बिहीबार
Follow Us

दर्ता भयो ‘डायस्पोरा इन्भेस्टमेन्ट कम्पनी’, श्रेष्ठको नेतृत्व

नेपालब्रिटेन संवाददाता
१९ बैशाख २०८३, शनिबार २०:५२

लण्डन । गैरआवासीय नेपालीहरूको लगानीमा सञ्चालन हुने ‘डायस्पोरा इन्भेस्टमेन्ट कम्पनी’ दर्ता भएको छ।

पब्लिक लिमिटेड कम्पनी ऐन २०६३ को दफा ५ को उपदफा (१) बमोजिम उक्त कम्पनी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत दर्ता भएको कम्पनीका अध्यक्ष महेश कुमार श्रेष्ठले जानकारी दिए।

श्रेष्ठका अनुसार प्रवासी नेपालीहरूको लगानीलाई सामूहिक रूपमा संकलन गरी नेपालको विभिन्न क्षेत्रमा परिचालन गर्ने उद्देश्यसहित कम्पनी सञ्चालनमा ल्याइएको हो।

यसैबीच, कम्पनीबारे जानकारी दिने उद्देश्यले आज आइतबार जापानको राजधानी टोकियोमा एकदिने सेमिनार आयोजना गरिँदैछ। कार्यक्रममा कम्पनीको उद्देश्य, लगानीका क्षेत्र, लगानी प्रक्रिया तथा सम्भावित प्रतिफलका विषयमा विस्तृत जानकारी दिने तयारी गरिएको छ।

कम्पनीमा गैरआवासीय नेपाली संघका वरिष्ठ उपाध्यक्ष रविन शेरचन डाइरेक्टरका रूपमा आबद्ध रहेका छन्।

धेरै पढिएको