१० जेष्ठ २०८३, आईतवार
Follow Us

होर्मुजमा फसेकालाई सुरक्षित बाहिर निकाल्छौं, इरानले हस्तक्षेप गर्‍यो भने परिणाम भयानक हुनेछ : ट्रम्प

नेपालब्रिटेन संवाददाता
२१ बैशाख २०८३, सोमबार ०४:०३

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुजको जलमार्गबाट जहाजहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न समुद्री अभियान सुरु गर्ने घोषणा गरेका छन्। यो अभियानलाई ‘प्रोजेक्ट फ्रिडम’ नाम दिइएको छ।

ट्रम्पले आइतबार सामाजिक सञ्जालमार्फत धेरै देशहरूले संयुक्त राज्य अमेरिकाबाट सहयोगका लागि अनुरोध गरेका छन्। ट्रम्पले यी जहाजहरू र उनीहरूका चालक दललाई निर्दोष रहेको बताउँदै वर्तमान अवस्थाका कारण उनीहरू समस्यामा परेको बताए।

उनले भने, ‘अमेरिकाले यी जहाजहरूलाई सुरक्षित मार्ग प्रदान गर्नेछ ताकि तिनीहरूले कुनै खतरा बिना आफ्नो सञ्चालन जारी राख्न सकून्। यो सञ्चालन सोमबार बिहान सुरु हुनेछ।’

यदि इरानले सञ्चालनमा अवरोध पुर्‍यायो भने अमेरिकाले कडा प्रतिक्रिया दिने चेतावनी समेत ट्रम्पले दिएका छन्।

धेरै पढिएको