२९ बैशाख २०८३, मंगलवार
Follow Us

प्रतिनिधि सभा बैठक बस्दै, नीति तथा कार्यक्रममाथि छलफल गरिने

नेपालब्रिटेन संवाददाता
२९ बैशाख २०८३, मंगलवार ०५:०३

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो एक बजे सुरु हुनेछ ।

आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने जनाइएको छ । छलफलमा दलीय प्रतिनिधित्वका आधारमा सांसदहरुले धारणा राख्नेछन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा सोमबार सरकारको नीति तथा कार्यक्रम वाचन गरेका थिए । चालु सदनको अधिवेशनमा आर्थिक वर्ष २०८३/०८४ को बजेटसमेत प्रस्तुत हुनेछन् ।

धेरै पढिएको