२ जेष्ठ २०८३, शनिबार
Follow Us

स्वदेशी याक चिज प्रवर्द्धनमा प्रधानमन्त्री बालेन

नेपालब्रिटेन संवाददाता
२ जेष्ठ २०८३, शनिबार ११:१४

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले स्वदेशी उत्पादन याक चिज प्रवर्द्धन गर्दै सामाजिक सञ्जालमार्फत नयाँ तस्बिर सार्वजनिक गरेका छन् ।

शनिबार फेसबुकमार्फत सार्वजनिक गरिएको तस्बिरमा प्रधानमन्त्री शाह डीडीसीद्वारा उत्पादन गरिएको याक चिज सेवन गरिरहेको देखिन्छ । केही दिनअघि सार्वजनिक गरिएको उनको तस्बिर सामाजिक सञ्जालमा चर्चामा आएपछि पुनः नयाँ तस्बिर सार्वजनिक भएको हो ।

दुग्ध विकास संस्थान (डीडीसी) ले उच्च हिमाली क्षेत्रमा पालिने चौँरीको दूधबाट याक चिज उत्पादन गर्दै आएको छ । संस्थानका विभिन्न केन्द्रमार्फत वार्षिक करिब ३६ हजार किलोग्राम याक चिज उत्पादन हुने गरेको बताइएको छ ।

प्रधानमन्त्री शाहले स्वदेशी उत्पादनको प्रयोग र प्रवर्द्धनलाई जोड दिँदै याक चिजसँगैको तस्बिर सार्वजनिक गरेका हुन् ।

धेरै पढिएको