काठमाडौँ । तीव्र गतिमा भइरहेको युवाहरूको विदेशस्थानान्तरण तथा देशमा घट्दो जनसङ्ख्याको कारणलेज्येष्ठ नागरिकहरूको जीवनयापन सहज बनाउन रसम्मानित बुढ्यौली सुनिश्चित गर्न सरकार, निजी क्षेत्र रनागरिक समाजले मिलेर काम गर्नुपर्ने विज्ञहरुले बताएकाछन् ।
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) यूके र नेपालमाज्येष्ठ नागरिकको क्षेत्रमा कार्यरत संस्था पुस्तान्तरणनेपालले शनिबार आयोजना गरेको “नेपालमा सम्मानितबुढ्यौली सिर्जनामा रहेका चुनौती, अवसर र डायस्पोराकोभूमिका” विषयक वेबिनारका सहभागीहरूले सो कुराबताएका हुन् ।
कार्यक्रममा बोल्दै गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष डा। हेमराज शर्मालेनेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न सहकार्यकोआवश्यकतामाथि जोड दिए । उनले वर्तमानजनसांख्यिकीय प्रवृत्ति र युवाहरूको बसाइँसराइलाईदृष्टिगत गर्दा बुढ्यौलीको विषय महत्वपूर्ण बन्दै गएकोउल्लेख गर्दै, एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्लेसंस्थागतरुपमा आफ्नो ज्ञान श्रृंखलामार्फत यस विषयलाई प्राथमिकतामा राख्ने र यस क्षेत्रमा काम गर्ने जानकारी दिए।
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्षरामशरण सिम्खडाले प्रायः उपेक्षित रहँदै आएको यसविषयलाई उठान गरेकोमा एनआरएनए एनसीसी यूकेलाईधन्यवाद दिए।
एनआरएनए यूकेका अध्यक्ष राजेन्द्र पुडासैनीले एनआरएनएयूके नेपालमा सम्मानित बुढ्यौली प्रवद्र्धन गर्न प्रतिबद्ध रहेकोबताउँदै आगामी दिनमा यस कार्यमा सहकार्य गरेर अगाडिबढ्ने बताए । उनले बेलायत र विश्वभर रहेका नेपालीहरूस्याहार केन्द्रहरूमा ज्येष्ठ नागरिकहरूको हेरचाह गर्नेविषयमा रहेको नकारात्मक धारणा हटाउन र नेपालमारहेका ज्येष्ठ नागरिकहरूका लागि उचित अवसर सिर्जनागर्न रोल मोडल बन्न सक्ने बताए । विभिन्न परोपकारीकाममार्फत नेपाल र नेपालीको सेवा गरिरहेको एनआरएनएयूके ज्येष्ठ नागरिकको सहयोगका लागि सधैँ तत्पर रहेकोउनले जनाए।
पुस्तान्तरण नेपालका अध्यक्ष प्रतिवेदन वैद्यले देशको कुलजनसङ्ख्याको १० प्रतिशतभन्दा बढी ज्येष्ठ नागरिक रहेकोर जनसङ्ख्या वृद्धि दर घट्दो क्रममा जाँदा आगामी दिनमाबुढ्यौली व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको बताए ।“बुढ्यौली व्यवस्थापनप्रति समाजमा रहेको नकारात्मकधारणाले गर्दा ज्येष्ठ नागरिकहरू स्याहार केन्द्रमा गएर सेवालिनका लागि हिच्किचाउने, घरमा युवाहरू नभएको तथाज्येष्ठ नागरिकहरूका लागि सुविधासम्पन्न पूर्वाधारकोअभावले गर्दा ज्येष्ठ नागरिकहरूले साधन र स्रोत भए पनिदुःख पाइरहनु भएको छ,” वैद्यले पुस्तान्तरण नेपाललेआयोजना गरेका स्वास्थ्य तथा मनोसामाजिक मनोपरामर्शशिविरहरूमा ज्येष्ठ नागरिक र उहाँहरूका परिवारकासदस्यहरूसँग गरेको कुराकानीका आधारमा बताए ।
उनले पुस्तान्तरण नेपालले नेपालका ज्येष्ठ नागरिकहरूलाईसम्मानित वातावरण बनाउनका लागि जनचेतना जगाउनुसँगैज्येष्ठ नागरिकहरूलाई आवश्यक सेवाहरू प्रदान गरिरहेकोजनाए । गैरआवासीय नेपालीहरूले ज्येष्ठ नागरिकहेरचाहमा भएका विश्वका उत्कृष्ट अभ्यासहरूलाई नेपालमाआत्मसात गर्न सहयोग गरेर सम्मानित बुढ्यौली सुनिश्चितगर्न सहयोग गर्न सक्ने वैद्यको आग्रह थियो ।
ज्येष्ठ नागरिकसम्बन्धी चिकित्सक बिन्दु पाण्डेले अहिलेअस्पतालमा धेरै ज्येष्ठ नागरिकहरू एक्लै आउने गरेको रघरमा परिवारका सदस्यहरूको अभावमा उनीहरूमा चिन्ताथपिएको भन्दै उनीहरूलाई उपचारसँगै मनोसामाजिकपरामर्श समेत आवश्यक भएको बताइन् । ज्येष्ठनागरिकहरूका लागि उनीहरूको कुरा आदानप्रदान गर्ने, स्वस्थ जीवनशैलीको प्रवद्र्धन गर्ने मञ्चहरू विकास गर्नुपर्नेडा। पाण्डेको धारणा थियो ।
“बुढेसकालमा विभिन्न स्वास्थ्य समस्या आउन सक्नेभएकाले ज्येष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षण रउहाँहरूलाई औषधि दिँदा विशेष ध्यान दिनुपर्दछ किनकिविभिन्न स्वास्थ्य शिविरहरूमा आउनुभएका बुबा–आमाहरूलेविभिन्न औषधि आवश्यकताभन्दा बढी प्रयोग गरिरहेकोपाइएका थिए,” उनले थपिन् ।
कार्यक्रममा लामो समयदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमास्वस्थ खाना र जीवनशैलीका बारेमा प्रशिक्षण दिँदै आएकीवेलनेस प्रशिक्षक शारदा ज्ञवालीले नेपाली खाना उत्कृष्टभएको बताउँदै ज्येष्ठ नागरिकहरूलाई विदेशी खानाकोसट्टा नेपाली खाना उनीहरूको आवश्यकताअनुसार मिलाएरखान दिएमा धेरै फाइदा हुने बताइन् । उनले नेपालीभान्सामा प्रयोग गरिने मरमसलाको महत्व सबै लाई बुझाउनुपर्नेमा जोड दिइन्।
नेपाल सोसाइटी अफ जेरन्टोलोजी एण्ड जेरियाट्रिक्सकाअध्यक्ष तथा नेपाल जेरियाट्रिक्स सेन्टरका निर्देशक डाजगदीश क्षेत्रीले ज्येष्ठ नागरिक मन्त्रालय हटाउने नयाँसरकारको काम उचित नभएको भन्दै ज्येष्ठ नागरिकमन्त्रालय कायमै राखिनु पर्ने जनाए। उनले चीनमा सजैकसुरक्षा कोष अन्तर्गत ‘रिटायरमेन्ट सेक्युरिटी‘ भनेर छुट्टैप्रावधान रखिएको भन्दै नेपाल मा पनि त्यस्तै कोष खडा गर्नुपर्ने जनाए। उनले नेपालमा ज्येष्ठ नागरिकहरु सम्बन्धीडेटाको अभाव रहेको भन्दै त्यस्तो सर्वेक्षण गर्नएनआरएनएले सघाउन सक्ने सुझाव दिए।
एनआरएनए युकेका उपाध्यक्ष उज्ज्वल कार्कीले सबै प्यानालिस्ट तथा सहभागीहरुलाई धन्यवाद दिंदै पाका पुस्ताको सेवा र सम्मानका लागि एनआरएनहरुले सहकार्य गर्नु पर्ने जनाए।
पत्रकार भगीरथ योगीले सहजीकरण गरेको कार्यक्रमका सहभागीहरूले ज्येष्ठ नागरिकको हितको लागि सरकार, निजीक्षेत्र र नागरिक समाज मिलेर काम गर्नुपर्ने र यसमागैरआवासीय नेपालीहरूको भूमिका महत्वपूर्ण हुने धारणाराखेका थिए ।