काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खाडी राष्ट्रहरूको अनुरोधमा इरानमाथिको सैन्य आक्रमण स्थगित गरेको बताएका छन्।
कतार, साउदी अरेबिया र यूएईजस्ता खाडी देशका नेताहरूले वार्ताका लागि केही दिनको समय मागेकाले तत्काललाई इरानविरुद्ध आक्रमण रोकिएको दाबी उनले गरेका छन्।
आज (मंगलबार) आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, ‘गम्भीर कुराकानी भइरहेको छ र यस्तो सम्झौता हुनसक्छ, जुन अमेरिका र पश्चिम एसियाली देशका लागि स्वीकार्य होस्।’
उनका अनुसार ‘अमेरिकाका रक्षामन्त्री पिट हेगसेथ, संयुक्त चिफ अफ स्टाफका अध्यक्ष जनरल डेनियल केन र अमेरिकी सेनालाई मंगलबार प्रस्तावित आक्रमण नगर्न निर्देशन दिइएको छ।’
यद्यपि ट्रम्पले सम्झौता भएन भने के हुन्छ भन्ने कुरा स्पष्ट पारेका छैनन्। उनले भनेका छन्, प्रस्तावित सम्झौताको सबैभन्दा महत्त्वपूर्ण सर्त इरानसँग आणविक हतियार हुनु हुँदैन भन्ने छ।’