५ जेष्ठ २०८३, मंगलवार
Follow Us

बैंकिङ कसुर मुद्दामा कांग्रेस डोल्पाका उपसभापति पक्राउ

नेपालब्रिटेन संवाददाता
५ जेष्ठ २०८३, मंगलवार ०५:१०

डोल्पा । नेपाली कांग्रेस डोल्पाका उपसभापति पूर्णबहादुर शाही पक्राउ परेका छन् । बैंकिङ कसुर मुद्दाका फरार उपसभापति शाही मंगलबार त्रिपुरासुन्दरी नगरपालिकाको त्रिपुराकोट बगर बजारबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ ।

नेपाल सरकारको जाहेरीले वादी नेपाल सरकार तथा प्रतिवादी शाही भएको बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले २०७९ कात्तिक ६ गते अन्तिम फैसला गर्दै शाहीलाई १ दिन कैद र २ लाख ५० हजार रुपैयाँ जरिवाना सजाय ठहर गरेको थियो ।

फैसलापश्चात फरार रहेका शाहीलाई प्रहरीले खोजतलास गर्ने क्रममा २०८३ जेठ ४ गते बिहान ९ः३० त्रिपुराकोटबाट पक्राउ गरिएको हो ।

डोल्पा जगदुल्ला गाउँपालिका-२ निवासी कांग्रेस जिल्ला उपसभापति शाहीलाई कैद तथा जरिवाना असुलउपरका लागि जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ।जिल्ला अदालत डाेल्पामा पनि शाही विरुद्ध दस लाखकाे बैकिङ कसुर मुद्दा छ ।

उनी विरुद्ध मुड्केचुला गाउँपालिका-१ का लंकबहादुर राेकायाले गत वर्षकाे मङ्सिरमा उजुरी दर्ता गराएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी टाेपेन्द्र बुढामगरले मुद्दा अदालतमै विचाराधीन भएकाले अदालतमै बुझाइएकाे जानकारी दिए ।

धेरै पढिएको