५ जेष्ठ २०८३, मंगलवार
Follow Us

दार्चुलामा प्रधानाध्यापक आत्महत्या दुरुत्साहन आरोपमा ८ जना पक्राउ

नेपालब्रिटेन संवाददाता
५ जेष्ठ २०८३, मंगलवार ११:५४

काठमाडौं । प्रहरीले दार्चुलामा प्रधानाध्यापकलाई आत्माहत्या गर्न बाध्य पारेको (आत्महत्या दुरुत्साहन) आरोपमा आठ जनालाई पक्राउ गरेको छ ।

व्यास गाउँपालिका–४ को सम्पाल माध्यमिक विद्यालय सुन्सेराका प्रधानाध्यापक बलदेवसिंह धामीले विद्यालयमै झुन्डिएर आत्महत्या गरेको घटनामा आठ जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । पक्राउ पर्नेमा महाकाली नगरपालिका–१ का ३२ वर्षीय विक्रमसिंह कुँवर, महाकाली नगरपालिका–२ का ५२ वर्षीय दलिदत्त भट्ट, महाकाली नगरपालिका–५ का ४२ वर्षीय खिमानन्द भट्ट, व्याँस गाउँपालिका–४ का ५७ वर्षीय परमानन्द भट्ट, ३९ वर्षीय पदमराज भट्ट, ४३ वर्षीय नरेन्द्रदत्त भट्ट, ५९ वर्षीय हरिदत्त भट्ट तथा बैतडी पाटन नगरपालिका–४ का ४० वर्षीय पुष्करराज भट्ट रहेको प्रहरीले जनाएको छ ।

उनीहरूलाई आत्माहत्या दुरूत्साहन मुद्दामा अनुसन्धानका लागि पक्राउ गरिएको सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) ओमबहादुर रानाले जानकारी दिएका छन । पक्राउ पर्नेमा सोही विद्यालयका शिक्षक, स्थानीय नेता र निर्माण व्यवसायी रहेको प्रहरीले जनाएको छ ।

प्रधानाध्यापक धामीले सोमबार सामाजिक सञ्जाल फेसबुकमा सुसाइड नोट लेख्दै विद्यालयमै आत्माहत्या गरेका थिए । धामीले आफूलाई मर्न बाध्य बनाउनेहरू भन्दै सुसाइड नोटमा पोलेका व्यक्तिहरूलाई नै पक्राउ गरीएको प्रहरीले जनाएको छ ।

धेरै पढिएको