३ श्रावण २०८३, आईतवार
Follow Us

प्रेमिकालाई बोलाइदिन माग गर्दै टेलिकमको टावर चढेका युवकको उद्धार

नेपालब्रिटेन संवाददाता
३ श्रावण २०८३, आईतवार ०६:०२

काठमाडौँ । सर्लाही सदरमुकाम मलंगवास्थित नेपाल टेलिकमको टावरमा चढेका युवकको सकुशल उद्धार गरिएको छ । गोडैता नगरपालिका–९ बकैनिया निवासी २४ वर्षीय अफसर आलम हुसैनको सुरक्षाकर्मीको सहयोगमा उद्धार गरिएको हो। जिल्ला प्रहरी कार्यालय सर्लाहीले उनको परिवारका सदस्यहरूलाई बोलाएर टेलिफोनमार्फत कुरा गराएपछि हुसैन टावरबाट ओर्लिएका हुन्।

प्रेमिकालाई बोलाइदिन माग राखेर नेपाल टेलिकमको ८० मिटर अग्लो टावरमा चढेका हुसैनको सुरक्षााका लागि प्रहरी परिचालन गरिएको थियो।

हुसेन आज आइतबार बिहान मलंगवा नगरपालिका–९ स्थित नेपाल टेलिकम कार्यालयको हाताभित्र रहेको ८० मिटर अग्लो टावरमा चढेका थिए । टावरमा चढेपछि हुसेनले आफ्ना एक साथीलाई फोन गरेर आफू टावरमाथि रहेको जानकारी दिएका थिए। त्यसपछि घटनाबारे सुरक्षा निकायलाई जानकारी गराइएको थियो।

धेरै पढिएको