८ जेष्ठ २०८३, शुक्रबार
Follow Us

तालिमका क्रममा सशस्त्र प्रहरीका ८ प्रशिक्षार्थी बेहास, सेनाको हेलिकप्टर मार्फत काठमाडौँ ल्याइयो

नेपालब्रिटेन संवाददाता
८ जेष्ठ २०८३, शुक्रबार ०७:०१

काठमाडौँ । कैलालीको टीकापुरस्थित सशस्त्र प्रहरी बलको तालिम केन्द्रमा आधारभूत तालिम लिइरहेका आठ जना प्रशिक्षार्थी अचानक अस्वस्थ भएपछि उपचारका लागि उद्धार गरिएको छ।

सशस्त्र प्रहरीको राजश्व, भन्सार तथा औद्योगिक सुरक्षा तालिम शिक्षालयमा प्रशिक्षणका क्रममा उनीहरू बेहोस भएको जनाइएको छ। अस्वस्थ हुनेमा बलबहादुर बस्नेत, गणेश रावत, मनबहादुर बस्नेत, चिनबहादुर थामी, किरननाथ योगी, धिरज थापा, सुरेश शाही र भूपेन्द्र बस्नेत रहेका छन्।

कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीका अनुसार बेहोस भएका मध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ। बेहास अवस्थाका प्रशिक्षार्थीहरूलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको प्रशासनले जनाएको छ।

उनीहरू सशस्त्र प्रहरी जवानको आधारभूत तालिममा सहभागी प्रशिक्षार्थी रहेको बताइएको छ। घटनाबारे थप विवरण संकलन भइरहेको जनाइएको छ।

धेरै पढिएको