३१ जेष्ठ २०८३, आईतवार
Follow Us

बेलायतमा मे महिनाकै सबैभन्दा तातो दिन, तापक्रम ३४.८ डिग्री सेल्सियस पुग्यो

नेपालब्रिटेन संवाददाता
११ जेष्ठ २०८३, सोमबार १९:०७

लण्डन । बेलायतमा इतिहासकै सबैभन्दा तातो मे महिनाको दिन रेकर्ड गरिएको छ। सोमबार क्यु गार्डेन्समा मापन गरिएको अस्थायी तापक्रम ३४.८ डिग्री सेल्सियस पुगेपछि नयाँ कीर्तिमान कायम भएको हो।

यो तापक्रमले सन् २०१९ को अगस्ट सार्वजनिक बिदामा रेकर्ड गरिएको ३३.३ डिग्री सेल्सियस लाई पनि पार गरेको छ, जुन अहिलेसम्मकै सबैभन्दा तातो सार्वजनिक बिदाको दिन थियो।

यसैबीच, वेल्समा पनि मे महिनाकै उच्च तापक्रम रेकर्ड भएको छ। हावार्डेन विमानस्थलमा तापक्रम ३२.२ डिग्री सेल्सियस पुगेको छ।

मेट अफिसले जनाएको छ, “यस्तो गर्मी बेलायतमा मध्य गर्मी समयमा पनि असामान्य मानिन्छ, मे महिनामा त झनै असाधारण हो।”

पूर्वानुमान अनुसार, इङ्ग्ल्याण्डको दक्षिण तथा दक्षिण–पूर्वी क्षेत्रमा तापक्रम अझ बढ्ने सम्भावना रहेको छ। सोमबार र मंगलबार ३५ डिग्री सेल्सियस सम्म पुग्न सक्ने चेतावनी मौसमविद्हरूले दिएका छन्।

आइतबार राति पनि बेलायतमा मे महिनाकै सबैभन्दा तातो रात रेकर्ड गरिएको थियो, जहाँ लण्डनमा तापक्रम १९.४ डिग्री सेल्सियस सम्म पुगेको थियो।

मेट अफिसका अनुसार सन् २००३ पछि मे महिनाका १२ वटा उच्च तापक्रम रेकर्डमध्ये ७ वटा हालका वर्षहरूमा कायम भएका छन्, जसले तापक्रम वृद्धि हुने प्रवृत्ति देखाउँछ।

मौसमविद् ड्यान सुरीका अनुसार, बेलायत नजिक उच्च चापको क्षेत्रमा तातो हावा जम्दा यस्तो असामान्य गर्मी देखिएको हो।

सामान्यतया मे महिनाको अन्त्यतिर बेलायतको औसत तापक्रम १४ देखि २० डिग्री सेल्सियस बीच रहने गर्छ।

धेरै पढिएको

slot gacor