२६ जेष्ठ २०८३, मंगलवार
Follow Us

बेलायतमा ड्राइभिङ टेस्ट पाउन ५ महिना कुर्नुपर्ने, बुकिङ नियममा व्यापक कडाइ

नेपालब्रिटेन संवाददाता
२५ जेष्ठ २०८३, सोमबार २३:३१

लन्डन — बुकिङ गरेर पनि हजारौँ परीक्षार्थीहरू परीक्षामा अनुपस्थित हुन थालेपछि प्रयोगात्मक परीक्षाको प्रतीक्षा अवधि कम गर्ने उद्देश्यले नयाँ नियम लागू गरिएको छ। नयाँ नियमअनुसार अब प्रशिक्षार्थी चालकहरूले आफूले पहिले बुकिङ गरेको केन्द्रबाट सबैभन्दा नजिक पर्ने तीनवटा परीक्षा केन्द्रहरूमा मात्र आफ्नो परीक्षाको स्थान वा समय परिवर्तन गर्न पाउनेछन्।

एक समाचार संस्थालाई विशेष रूपमा प्राप्त आधिकारिक तथ्याङ्कअनुसार गत वर्ष मात्र ६४,५०० वटा प्रयोगात्मक ड्राइभिङ परीक्षामा कोही पनि उपस्थित भएनन्।

हाल बेलायतभरि प्रयोगात्मक ड्राइभिङ परीक्षाका लागि औसत प्रतीक्षा अवधि पाँच महिनाभन्दा बढी छ। नयाँ नियमले जुनसुकै स्थानमा उपलब्ध सबैभन्दा चाँडो हुने मिति बुकिङ गर्ने र पछि आफ्नो घरनजिकको स्थान पाउनका लागि बारम्बार मिति परिवर्तन गरिरहने प्रवृत्तिलाई रोक्नेछ।

एक प्रशिक्षार्थी चालक एमाले समाचार संस्थासँग कुरा गर्दै परीक्षा बुकिङ गर्नका लागि आफू हरेक सोमबार बिहान ५:३० बजे उठ्ने गरेको तर हजारौँको लाइनमा पर्ने गरेको बताइन्। उनले बल्लतल्ल सात महिनापछिको मिति पाएकी छिन्।

चालक तथा सवारी मापदण्ड एजेन्सीले सन् २०२६ को अप्रिलमा उपलब्ध गराएको तथ्याङ्कअनुसार ड्राइभिङ परीक्षाका लागि इंग्ल्यान्डमा २२.७ हप्ता, स्कटल्यान्डमा २२.९ हप्ता र वेल्समा १७.३ हप्ता कुर्नुपर्ने अवस्था छ।

गत वर्ष संयुक्त अधिराज्यमा १९,९८,६०८ वटा ड्राइभिङ परीक्षा बुकिङ भएका थिए, जसमध्ये ६४,५०० वटा परीक्षामा परीक्षार्थी नै आएनन्। यसको अर्थ कुल बुकिङको ३.२ प्रतिशत परीक्षा खेर गएको नियमनकारी निकायको भनाइ छ।

बुझिएअनुसार केही तेस्रो पक्षीय बिचौलियाहरूले स्वचालित सफ्टवेयरको प्रयोग गरी महँगो मूल्यमा बिक्री गर्ने उद्देश्यले यी सिटहरू बुकिङ गरेका थिए, तर पछि बिक्री गर्न नसक्दा ती सिटहरू खाली भएका हुन्। गत वर्ष अनुपस्थित हुनेहरूको यो संख्या अघिल्लो वर्षको ५२,००० को तुलनामा बढी हो।

पश्चिम लन्डनमा विगत एक वर्षदेखि गाडी सिक्दै गरेकी २१ वर्षीया एमा (परिवर्तित नाम) भन्छिन्, “कामको सिलसिलामा गाडी चलाउनै पर्ने मेरा केही साथीहरूले आफूलाई पायक नपर्ने र कहिल्यै गाडी नचलाएको ठाउँका परीक्षा केन्द्रहरूमा समेत बुकिङ गरिरहेका थिए, ताकि जसरी भए पनि चाँडोभन्दा चाँडो परीक्षा दिएर पास हुन सकियोस्।”

एमाले आफ्नो घरनजिकैको केन्द्रमा बुकिङ त पाइन्, तर त्यसका लागि अझै सात महिना कुर्नुपर्नेछ। उनले थपिन्, “मैले अझै कयौँ महिनासम्म हरेक हप्ता ड्राइभिङ कक्षाको पैसा तिरिरहनुपर्छ। अभ्यासका लागि त यो राम्रो हो, तर परीक्षा आउन यति धेरै समय बाँकी हुँदा यसले पैसा र समय दुवैको ठूलो भार थपेको छ।”

धेरै पढिएको

slot gacor