८ असार २०८३, सोमबार
Follow Us

एनआरएनए अमेरिकाको एकता सहजीकरण समिति गठन

नेपालब्रिटेन संवाददाता
२९ जेष्ठ २०८३, शुक्रबार ०२:५९

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गत अमेरिकाको देखिएको आन्तरिक मतभेद समाधान गर्दै संगठनलाई एकताबद्ध बनाउने उद्देश्यले “एकता सहजीकरण तथा सुझाव समिति” गठन गरिएको छ।

६ जुन २०२६ मा जारी पत्रअनुसार अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) अन्तर्गत रहेका विभिन्न समूहबीच एकता कायम गर्न र आवश्यक सुझाव संकलन गर्न तीन सदस्यीय समिति गठन गरिएको हो।

समितिमा रोशन थापा, विनोद भट्टराई र डा. राजन पन्त लाई समावेश गरिएको छ। उनीहरूलाई संगठनभित्रको विवाद समाधान गर्दै साझा सहमति निर्माण गर्ने जिम्मेवारी दिइएको छ।

पत्रमा उल्लेख गरिएअनुसार समितिले तोकिएको कार्यविधि टीओआर अनुसार आफ्नो काम अघि बढाउनेछ र आगामी जुन ११ भित्र प्रतिवेदन आईसीसीसमक्ष पेश गर्ने अपेक्षा गरिएको छ।

एनआरएनएको वर्तमान परिस्थितिमा संगठनभित्र देखिएको विभाजनलाई अन्त्य गर्दै एकीकृत नेतृत्व निर्माण गर्ने प्रयासस्वरूप यो समिति गठनलाई महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

पत्रमा महासचिव डा. चिरञ्जीवी खड्काले हस्ताक्षर गरेका छन्।

धेरै पढिएको