७ असार २०८३, आईतवार
Follow Us

रवि र गगन एउटै मञ्चमा !

नेपालब्रिटेन संवाददाता
७ असार २०८३, आईतवार ११:४१

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने एउटै मञ्चमा देखिएका छन् । राष्ट्रिय राजनीतिमा कटु आलोचकको रूपमा चिनिएका लामिछाने र थापा पहिलो पटक एउटै मञ्चमा देखिएका हुन् । उनीहरुलाई रास्वपा महाधिवेशनले यो अवसर जुराइ दिएको हो ।

प्रारम्भमा कांग्रेसले पनि एमाले र नेकपाले जस्तै दोस्रो तहको नेतालाई पठाउने तयारी गरेकोमा अन्तिममा सभापति आफैं जाने निधो गरेका थिए ।

एक समय निकट रहेका रवि र गगन पछिल्लो समय भने तिक्ततापूर्ण सम्बन्धमा छन् । खासगरी रविमाथि लागेको सहकारी ठगीको आरोप छानविनका लागि गगनकै जोडबलमा संसदीय समिति बनेपछि सम्बन्ध चिसिएको हो । त्यसयता दुवै नेताबीच बेलाबेला कटाक्ष चल्दै आएको छ ।

त्यतिबेला गगनले सहकारी ठगेको प्रमाण आफूसँग रहेको दाबी गरेका थिए,जसलाई लिएर रास्वपा कार्यकर्ता र समर्थकहरू अझै आक्रोशित देखिन्छन् ।

धेरै पढिएको