४ भाद्र २०८३, बिहीबार
Follow Us

रविसँग सभापति पदमा प्रतिस्पर्धा गर्न खोजेका भोलाको नाम गायब

नेपालब्रिटेन संवाददाता
९ असार २०८३, मंगलवार १०:०८

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन बन्द सत्रमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका बारा–३ का सभापति भोलाकुमार साह कानुको नाम गायब पारिएको छ । उनले आफ्नो नाम प्रतिनिधिको अन्तिम सूचीबाट एकाएक गायब पारिएको गुनासो गरेका छन्।

फेसबुकमा ‘अभिषेक गुप्ता’ नामको एकाउण्टमा उनले रवि लामिछानेसँग प्रतिस्पर्धा गर्ने घोषणा गरेका उनको नामै प्रतिनिधिबाट हटाइएपछि पुनः सामाजिक सञ्जालमा लेखेका छन्, ‘सभापतिमा उठ्ने कुरा लेखेपछि मेरो नामै काटियो ।’

मधेश प्रदेशको प्रतिनिधि सूचीमा उनको नाम २०२ नम्बरमा थियो । कानु यसअघि बर्खास्त गरिएका बाराका पूर्वसभापति चन्दन स्वर्णकारको सदस्यता जोगाउनुपर्ने पक्षमा खुलेर लागेका थिए।

धेरै पढिएको