२८ असार २०८३, आईतवार
Follow Us

फिफा वरीयताका शीर्ष चार टोली नै सेमिफाइनलमा

नेपालब्रिटेन संवाददाता
२८ असार २०८३, आईतवार ०४:५९

विश्वकप फुटबल २०२६ को सेमिफाइनल समीकरण पूरा भएको छ। आइतबार बिहान अन्तिम क्वार्टरफाइनल खेल सकिएसँगै सेमिफाइनल समीकरण पूरा भएको हो।

साथै, फिफा विश्व वरीयतामा शीर्ष स्थानमा रहेका चार टोली नै विश्वकप फुटबल २०२६ को सेमिफाइनलमा पुगेका छन्। वरीयताको शीर्ष स्थानमा रहेका चार वटै टीम फ्रान्स, अर्जेन्टिना, स्पेन र इङ्ल्यान्डले सेमिफाइनलमा पुगेका हुन्।

वरीयताको शीर्ष स्थानमा रहेको फ्रान्सले मोरक्कोलाई २–० गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको थियो। वरीयताको दोस्रो स्थामा रहेको अर्जेन्टिना स्विट्जरल्याण्डलाई ३–१ ले हराएर सेमिफाइनल पुगेको हो।

त्यस्तै, वरीयताको तेस्रो स्थानमा रहेको स्पेनले बेल्जियमलाई २–१ ले हराएर सेमिफाइनलमा पुगेको छ भने वरीयताको चौथौ स्थानमा रहेको इङ्ल्याण्डले नर्वेलाई २–१ गोलले नै पराजित गरेर सेमिफाइनल प्रवेश गरेको हो।

धेरै पढिएको