२९ असार २०८३, सोमबार
Follow Us

शिक्षा अधिकृतमाथि मोबिल खन्याउने वडासदस्य पक्राउ

नेपालब्रिटेन संवाददाता
२९ असार २०८३, सोमबार ०९:०२

काठमाडौँ । शिक्षा अधिकृतमाथि मोबिल खन्याउने एक वडासदस्य पक्राउ परेका छन् । प्रहरीले आज घोराही उपमहानगरपालिकाका शिक्षा अधिकृत अजय बोहरालाई मोबिल खन्याउने वडासदस्य उत्तम बुढाथोकीलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार बुढाथोकीलाई अपमानजनक तथा अमानवीय व्यवहार गरेको आरोपमा पक्राउ गरी घटनाबारे अनुसन्धान भइरहेको छ।

पद्मोदय माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति निर्वाचनका क्रममा उत्पन्न विवादपछि बुढाथोकीले शिक्षा अधिकृत बोहरामाथि मोबिल खन्याएको प्रहरीले जनाएको छ।

नेपाली काँग्रेसबाट निर्वाचित वडा सदस्य बुढाथोकीले घटनाको भिडियो आफैँ सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए। प्रहरीले घटनासँग सम्बन्धित प्रमाण संकलन तथा कानुनी प्रक्रिया अघि बढाइरहेको जनाएको छ।

धेरै पढिएको