२९ असार २०८३, सोमबार
Follow Us

कान्तिपुरको गेटमा छाडिएको गाडी चढ्थे रास्वपाका नेता

नेपालब्रिटेन संवाददाता
२९ असार २०८३, सोमबार ११:५०

काठमाडौं । आज (सोमबार) बिहान कान्तिपुर पब्लिकेसन्सको गेटमा शंकास्पद रुपमा छाडिएको बा ०१–०३४ च ८४८० नम्बरको गाडी रास्वपाका नेता रवि जयसवालले चढ्ने गरेको खुलेको छ ।

उक्त गाडी सानिमा बैंकको नाममा दर्ता रहेको भए पनि जयसवालले चढ्ने गरेको खुलेको छ । जयसवाल रौतहटका गरुडा नगरपालिकाका प्रमुख कन्थमणि प्रसाद कलवार (जयसवाल) का छोरा समेत हुन् । मेयर कन्थमणिले करिब एक महिना अघिमात्रै उक्त गाडी खरिद गरिएको जानकारी गराएका छन ।

उनले भनेका छन, ‘हो, उक्त नम्बरप्लेट ९बा ०१–०३४ च ८४८०० को गाडी मेरो छोरा ९रवि० ले चढ्ने गरेको थियो । करिब एक महिना जति भयो गाडी किनेको, ‘अहिलेसम्म पास गरिसकेको छैन ।

बैंककै नाममा छ ।’ उनका अनुसार, कहिले छोरा र कहिले चालकले चलाउने गरेको मेयर कन्थमणिले जानकारी दिए ।उनका छोरा रवि केहीसमय अघिमात्रै रास्वपा प्रवेश गरेर सक्रिय राजनीतिमा लागेका थिए ।

बाबु कन्थमणि भने नेकपा एमालेबाट मेयर निर्वाचित भएका थिए । रास्वपाले गत जेठ ८ गतेमात्रै उनलाई केन्द्रीय अनुसन्धान तथा अभिलेखीकरण विभागको सदस्य मनोनीत गरेको थियो ।

धेरै पढिएको