काठमाडौं । पत्रकार उमेश श्रेष्ठ प्रेस काउन्सिल नेपालको अध्यक्ष नियुक्त भएका छन् । वालेन्द्र शाह (बालेन) सरकारले पछिल्लो नियुक्ति बदर गरेपछि रिक्त भएको अध्यक्ष पदमा श्रेष्ठ नियुक्त भएका हुन् । श्रेष्ठ ब्लगरका रूपमा शालोक्य नामले समेत चिनिन्छन् ।
पहिलो पोस्ट डटकम, नागरिक न्युजको अनलाइन संस्करण तथा अन्नपूर्ण पोष्टको अनलाइन संस्करणको सम्पादक भएर काम गरिसकेका श्रेष्ठ पछिल्लो समय तथ्य जाँच तथा तथ्यजाँच तालिम सञ्चालन गर्दै आएका थिए ।