काठमाडौँ । काठमाडौँको नयाँ बसपार्क क्षेत्रस्थित एक गेस्ट हाउसको कोठामा एक युवती मृत अवस्थामा फेला परेकी छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार ३० वर्षभन्दा कम उमेरकी निशा सुनारको शव गेस्ट हाउसको कोठाभित्र भेटिएको हो ।
गेस्ट हाउस सञ्चालकले कोठाबाट अस्वाभाविक गन्ध आएको थाहा पाएपछि प्रहरीलाई जानकारी गराएका थिए । सूचनापछि पुगेको प्रहरीले घटनास्थलको प्रारम्भिक निरीक्षण गरी आवश्यक प्रक्रिया अघि बढाएको जनाएको छ ।
मृतक सुनारको शव परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । घटनाको वास्तविक कारण खुलाउन थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।