९ श्रावण २०८३, शनिबार
Follow Us

सुदर्शन सिंखडाको विश्व रेकर्डमा नाम

नेपालब्रिटेन संवाददाता
९ श्रावण २०८३, शनिबार ११:५८

बेल्जियममा बसोबास गर्दै आएका सुदर्शन सिंखडाले वर्ल्ड बुक अफ रेकर्ड्समा नाम दर्ता गर्दै अन्तर्राष्ट्रिय सम्मान प्राप्त

बेल्जियममा लामो समयदेखि बसोबास गर्दै आउनुभएका नेपाली नागरिक सुदर्शन सिंखडाले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित संस्था ‘वर्ल्ड बुक अफ रेकर्ड्स’ (World Book of Records) मा आफ्नो नाम दर्ता गराउन सफल हुनुभएको छ। उहाँको यो उपलब्धिले नेपाल मात्र नभई विदेशमा रहेका नेपाली समुदायलाई समेत गौरवान्वित बनाएको छ।

वर्ल्ड हिमालय मार्सल आर्ट्ससँग आबद्ध रहँदै विभिन्न सामाजिक तथा मार्सल आर्ट्ससम्बन्धी गतिविधिमा सक्रिय सिंखडाले आफ्नो निरन्तर मेहनत, अनुशासन र समर्पणमार्फत यो उपलब्धि हासिल गर्नुभएको हो। उहाँलाई सोही संस्थाद्वारा ‘ई–१’ (E1) अर्थात् ‘उत्कृष्टता’ (Excellence) श्रेणीअन्तर्गत विशेष सम्मान प्रदान गरिएको छ।

उक्त सम्मानले उहाँको व्यक्तिगत योगदान मात्र नभई नेपाली प्रतिभाको अन्तर्राष्ट्रिय पहिचान स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको छ। लामो समयदेखि विदेशमा रहँदा पनि नेपाली कला, संस्कार तथा सीपलाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्‍याउन उहाँले खेलेको भूमिकाको उच्च कदर गरिएको छ।

धेरै पढिएको